मुक्तिनाथ कृषि कम्पनीले घोषणा गर्यो बोनस र हकप्रद शेयर
मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई ८ प्रतिशत बोनस शेयर वितरण गर्ने र त्यसपश्चात कायम चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको छ।
कम्पनीको सञ्चालक समितिको असोज २४ गते बसेको बैठकले यी प्रस्तावहरू पारित गरेको हो।
बोनस शेयर वितरण र हकप्रद शेयर निष्काशनको प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी सातौँ वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात कार्यान्वयनमा आउनेछ।
कम्पनीले सातौँ वार्षिक साधारण सभा कात्तिक २१ गते शुक्रबार दिउँसो साढे ११ बजे सिल्भर वक ब्यान्क्वेट एण्ड इभेन्ट्स सेन्टर, गैरीधारा, काठमाडौँमा आयोजना गर्ने निर्णय गरेको छ। सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले कात्तिक १४ गते बुकक्लोज गर्ने भएको छ।
यसअनुसार कात्तिक १३ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम शेयरधनीहरूले साधारण सभामा सहभागिता जनाउन र प्रस्तावित बोनस शेयर प्राप्त गर्न योग्य हुनेछन्।
प्रतिक्रिया