सोमबार, २७ असोज २०८२

हमासले विपिनसहित चार मृत बन्दीका शव आज हस्तान्तरण गर्ने

समयपोष्ट २०८२ असोज २७ गते २०:२५

Advertisement

प्यालेस्टिनी सशस्त्र समूह हमासको सैन्य शाखा कसम ब्रिगेडले आज विपिनलगायत चार जना मृत बन्दीका शवहरू इजरायललाई हस्तान्तरण गर्ने घोषणा गरेको छ।

यसअघि हमासले गाजामा रहेका सबै २० जना जीवित बन्दीहरूलाई रिहा गरिसकेको छ, तर २८ जना मृत बन्दीका शवमध्ये आज मात्र चारको हस्तान्तरण हुने भएको छ।

कसम ब्रिगेडले जारी गरेको विज्ञप्तिमा मृत बन्दीहरूको पहिचान गाइ इलोज, योसी शाराबी, विपिन जोशी र डेनियल पेरेजको रूपमा गरिएको छ।

हस्तान्तरण रेडक्रसको मध्यस्थतामा दक्षिणी गाजाको भेटघाट स्थलमा दिनको अन्त्यअगावै हुनेछ। इजरायली सेनाले पनि यो जानकारी पुष्टि गर्दै रेडक्रसका अधिकारीहरू शवहरू राखिएका बाकसहरू बुझ्न जाँदै गरेको जनाएको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री