मंगलबार, २८ असोज २०८२

एनएमबि बैंक र याडिया इलेक्ट्रिक स्कुटरको विशेष सहकार्य: चाडपर्वमा रु ५,००० छुट

समयपोष्ट २०८२ असोज ७ गते १०:५६

Advertisement

एनएमबि बैंक लिमिटेडले चाडपर्वको अवसरमा आफ्ना ग्राहकहरूलाई विशेष सुविधा प्रदान गर्न नेपालको याडिया इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक कुजु नेपालसँग विशेष सहकार्य गरेको छ। यो सहकार्यमार्फत एनएमबि बैंकका ग्राहकहरूले याडिया ब्रान्डका इलेक्ट्रिक स्कुटर खरिद गर्दा रु ५,००० को आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।

यो छुट सुविधा एनएमबि बैंकको डेबिट/क्रेडिट कार्ड, मोबाइल बैंकिङ वा क्यूआर कोडमार्फत भुक्तानी गर्ने ग्राहकहरूका लागि उपलब्ध हुनेछ। उक्त छुट कुजु नेपालद्वारा सञ्चालित याडिया शो-रुमहरूमा चाडपर्वको अवधिमा मात्र लागू हुनेछ। छुट प्राप्त गर्न ग्राहकहरूले शो-रुममा भुक्तानी गर्नुअघि एनएमबि बैंकको डिजिटल भुक्तानी माध्यम प्रयोग गर्न लागेको जानकारी गराउनुपर्नेछ।

यो योजनाले वातावरणमैत्री इलेक्ट्रिक स्कुटरप्रति ग्राहकहरूको आकर्षण बढाउने र हरित ऊर्जा प्रवद्र्धनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। एनएमबि बैंकले नगदरहित कारोबारलाई प्रोत्साहन गर्न र ग्राहकहरूलाई थप लाभ प्रदान गर्न यस्ता नवीन योजनाहरू ल्याउँदै आएको छ।

हाल एनएमबि बैंकले देशभर २०२ शाखा, १८७ एटिएम र ९ विस्तारित काउन्टरमार्फत ग्राहकहरूलाई आधुनिक र पहुँचयुक्त वित्तीय सेवा प्रदान गरिरहेको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री