मन्त्री बन्न आग्रह गर्दै तिलगंगा पुगेकी प्रधानमन्त्री कार्कीलाई डा. रुइतले के भने ?
प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतसँग छलफल गरेकी छन्।
मंगलबार तिलगंगा आँखा प्रतिष्ठानमा पुगेर प्रधानमन्त्री कार्कीले डा. रुइतसँग आफ्नो नेतृत्वको अन्तरिम सरकारमा सहभागी हुन आग्रह गरेकी थिइन्।
प्रधानमन्त्री कार्कीले विशेष परिस्थितिमा आफूले सरकारको नेतृत्व गर्नुपरेको भन्दै देश र जनताको हितमा सहयोग गर्न डा. रुइतलाई आग्रह गरेकी थिइन्। जवाफमा डा. रुइतले सरकारलाई सहयोग गर्ने प्रतिबद्धता जनाए पनि मन्त्री बनेर सरकारमा सहभागी हुन भने नसक्ने बताएका छन्।
छलफलपछि डा. रुइतले आफ्नो मुख्य जिम्मेवारी अस्पतालको काम र बिरामीको सेवा भएको भन्दै चिकित्सकीय पेसामार्फत नै नागरिकको सेवामा तल्लीन रहने बताए। जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारमा मन्त्री बन्ने चर्चा चले पनि डा. रुइतले आफ्नो प्राथमिकता चिकित्सा सेवा नै रहेको स्पष्ट पारेका छन्।
प्रतिक्रिया