मंगलबार, ४ कार्तिक २०८२

ऋण नतिर्ने १५० जनाको धितो लिलाम गर्दै एनआईसी एशिया बैंक

समयपोष्ट २०८२ भदौ १६ गते १२:०३

Advertisement

एनआईसी एशिया बैंकले ऋण नतिर्ने १५० जना ऋणीको धितो लिलाम गर्न दोस्रो पटक ७ दिने सूचना प्रकाशित गरेको छ। सोमबार बैंकले एकसाथ १५० ऋणीको धितो लिलामका लागि सूचना जारी गरेको हो।

यसअघि बैंकले धितो लिलामका लागि १५ दिने सूचना प्रकाशित गर्दा धितो बिक्री हुन नसकेपछि पुनः ७ दिने सूचना जारी गरेको जनाएको छ। दोस्रो पटकको यो सूचनाको ७ दिनभित्र पनि धितो लिलाम हुन नसकेमा बैंकले ती सम्पत्तिलाई गैर-बैंकिङ सम्पत्तिको रूपमा स्वीकार गर्नुपर्ने हुन्छ।

बैंकले लगानी गरेको अधिकांश कर्जा साना आकारका भएकाले लिलाममा राखिएका धितोहरूको मूल्य पनि सामान्य रहेको छ। ऋणीहरूलाई पटक-पटक मौखिक सूचना दिँदा र ३५ दिने लिखित सूचना प्रकाशित गर्दा पनि ऋण नतिरेपछि बैंकले पहिलो चरणमा १५ दिने लिलाम सूचना जारी गरेको थियो।

बैंकले ऋणीहरूलाई कर्जा चुक्ता गर्न बारम्बार आग्रह गरेको र कानुनी प्रक्रिया पूरा गर्दै यो कदम चालेको जनाएको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री