बिहीबार, ६ कार्तिक २०८२

नबिल म्युचुअल फण्डले घोषणा गर्‍यो लाभांश

समयपोष्ट २०८२ भदौ १३ गते १५:४६

Advertisement

नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फण्ड २ र नबिल ब्यालेन्स्ड फण्ड ३ ले गत आर्थिक वर्षका लागि प्रतिफल घोषणा गरेका छन्। यी दुबै फण्डले १३–१३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेका छन्।

भदौ १२ गते बसेको योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। साथै, प्रतिफल वितरण प्रयोजनार्थ भदौ २२ गते आइतबार एक दिनका लागि बुकक्लोज गर्ने निर्णय पनि भएको छ।

यसअनुसार, भदौ १९ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम इकाईधनीहरूले यी दुबै फण्डको नगद लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री