मंगलबार, ६ साउन २०८२

सार्वजनिक बिदामा पनि खुल्ने भयो मेगा बैंक, सेवा अवधि पनि बढ्यो

समयपोष्ट २०७५ असार २८ गते ५:४५

मेगा बैंक नेपाल लिमिटेडले कारोबार समयावधि बढाएको छ । बैंकले उपत्यका भित्र र उपत्यका बाहिरका शाखा कार्यालयहरुको कारोबार समयावधि बढाएको हो ।

काठमाडौंको राइजिङ मलस्थित केन्द्रिय कार्यालय भवनमा रहेको मुख्य शाखाले स्थापनाकालदेखि नै बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म सेवा दिँदै आएको छ भने ठमेल शाखाले पनि साँझ ८ बजेसम्म सेवा दिँदै आएकोे छ । साथै उक्त शाखाहरुबाट वर्षमा ३६५ दिन नै ग्राहकले सेवा पाउने व्यवस्था मिलाएको बैंकले जनाएको छ ।

यसैगरी, उपत्यका भित्रकोे कलंकी, जावलाखेल र न्यूरोड शाखाबाट ग्राहकले बेलुकी ७ बजेसम्म सेवा लिन सक्ने बैंकले जनाएको छ । गोंगबु शाखा भने बेलुकी ६ बजेसम्म सञ्चालन हुनेछ । यस्तै उपत्यका बाहिरको जनकपुर शाखा बेलुकी ७ बजेसम्म र हेटौंडा शाखा बेलुकी ६ बजेसम्म सञ्चालन हुनेछ ।

यसैगरी,बैंकले देशभरका विभिन्न शाखाहरुबाट शनिवार एवं सार्वजनिक विदाको दिनमा समेत बैंकिङ्ग उपलब्ध गराउने व्यवस्था मिलाएकोे छ । उपत्यकाभित्रका शाखाहरुमध्ये ६ वटा शाखाहरु र उपत्यका बाहिरका शाखाहरुमध्ये १० वटा शाखाहरु शनिवार एवं सार्वजनिक विदाको दिनमा समेत सञ्चालन हुनेछन् ।

उपत्यकाभित्रका थप ४ वटा शाखाहरु र उपत्यकाबाहिरका थप ३ वटा शाखाहरु शनिवार बाहेक अन्य सार्वजनिक बिदामा पनि खुल्ला रहने बैंकले जनाएको छ ।

शनिवार तथा सार्वजनिक विदाको दिनमा संचालन हुने शाखाहरु मध्ये गोंगबु र न्यूरोड शाखा दिउँसो २ बजे देखि बेलुका ५ बजेसम्म संचालन हुनेछन् भने बाँकी शाखाहरु विहान ११ बजे देखि दिउँसो २ बजे सम्म संचालन हुने बैंकले जनाएको छ ।

हाल बैंकको देशभर ९९ शाखा, १४ एक्टेनशन काउन्टर, २,००० मेगा रेमीट सञ्जाल, ११९ वटा शाखारहित केन्द्रहरु र ७४ मेगा मनी मेशिन सञ्चालन छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री