शुक्रबार, १६ साउन २०८२

बागमती प्रदेशमा मुख्यमन्त्री लामाले नियुक्त गरे तीन मन्त्री

समयपोष्ट २०८२ साउन १४ गते ११:५७


बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले बुधबार तीन जना नयाँ मन्त्री नियुक्त गरेका छन्। नियुक्त हुनेमा गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङ रहेका छन्।

मुख्यमन्त्री लामाले गोविन्द लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी सुम्पेका छन्। तर, माया श्रेष्ठ र गीता गुरुङको मन्त्रालयको जिम्मेवारी भने अझै तोकिएको छैन।

यसअघि, नेपाली कांग्रेसबाट नियुक्त पाँच मन्त्रीले राजीनामा दिएपछि बागमती प्रदेशका पाँच मन्त्रालय मन्त्रीविहीन बनेका थिए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री