मंगलबार, १८ वैशाख २०८१

मोबाईल खरीद गर्दैहुनुहन्छ ? जानुहोस् मर्कन्टायल प्लाजा

समयपोष्ट २०७३ पुष १२ गते ९:१७

 

Advertisement

 दरबारमार्गस्थित मर्कन्टायल प्लाजामा क्रिशमस र नयाँ वर्षको अवसर पारी पुस ११ बाट मोबाइल मेला सुरु भएको छ । मेला सिटिभी मोबाइल, द वल्र्ड भिजन मोबाइल, लिंक इलेक्ट्रोनिक्स मोबाइल, सिटिभी केयर र एप्पल वल्र्ड मोबाइलले संयुक्त रूपमा आयोजना गरेका हुन् । मेला अवधिभर जस्तोसुकै मोबाइल पनि एक्सचेन्ज गर्ने व्यवस्था गरिएको छ भने अन्य बजारमा भन्दा सस्तो मुल्यमा मोबाइल पाइने दाबी वल्र्डभिजन मोबाइल प्रालिका प्रबन्ध निर्देशक संगम राईको छ । मोबाइल मेला अवधिभर सबै ब्राण्डका मोबाइल सस्तोमा बिक्री वितरण तथा एक घण्टामा मोबाइल मर्मत गरिने मोबाइल मेलाका संयोजक तथा एप्पल वल्र्ड मोबाइलका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए । मेलामा एप्पल वल्र्ड मोबाइल र सिटिभी केयरले संयुक्त रूपमा १ घण्टा मोबाइल केयर सेवा सञ्चालनमा ल्याएका छन् । मेलामा १ हजार २ सयदेखि १ लाख ३० हजार रुपैयाँसम्मका नेपालमा उपलब्ध ब्राण्डका मोबाइल सेट पाइनेछ भने एशोसरिजमा ५० प्रतिशतसम्म छुट दिइने बताइएको छ । १५ दिनसम्म चल्ने मोबाइल मेलालाई एक दर्जन बढी मोबाइल कम्पनीहरूले साथ दिएका छन् । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री