बुधबार, ३२ असार २०८२

सेवा प्रवाह प्रभावकारी नभएको गुनासो

समयपोष्ट २०८२ असार ३० गते २०:२२

Advertisement

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले दुई ठूला राजनीतिक दलहरुको गठबन्धनले राजनीतिक स्थिरता भएपनि नागरिकहरुले सेवा प्रवाह प्रभावकारी नभएको गुनासो गर्दै आएको बताउनुभएको छ ।

नेपाली कांग्रेस सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपसभापति खड्काले तीनै तहका सरकार स्थिर हुँदा पनि काममा केही गुनासाहरु आउनुले सेवा प्रवाहमा सुधार आउन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “सत्तामा रहेका राजननीतिकर्मीले नै असन्तुष्टि बाँड्ने काम गरेका छन् । यो जिम्मेवारीमा रहेका व्यक्ति तथा नेतृत्वको कमजोरी हो ।”

उहाँले संविधान संशोधन, विकास निर्माणलाई तीव्रता दिँदै जनताका इच्छा र आकांक्षाअनुसार सरकारले प्रभावकारी काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “राजनीतिकर्मी लोभबाट मुक्त हुनुप-यो । लोभबाट मुक्त भएको मान्छे डरबाट मुक्त हुन्छ । डरबाट मुक्त मानिस मात्र शिर ठाडो पारेर हिँड्न सक्छ ।”

प्रतिक्रिया

सम्बन्धित सामाग्री