सोमबार, १२ साउन २०८२

आइएमई मोटर्स ‘वेस्ट सर्भिस प्रोभाइडर अवार्ड’ बाट सम्मानित

समयपोष्ट २०८२ साउन १२ गते ११:२७

आइएमई मोटर्सलाई अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्स २०२५ मा इन्टरनेशनल अपरेसन क्याटेगोरी अन्तर्गत ‘वेस्ट सर्भिस प्रोभाइडर अवार्ड’ बाट सम्मानित गरिएको छ। आइएमई मोटर्स र अशोक लेल्यान्डले सफल साझेदारीको एक दशक पूरा गरिसक्दा प्राप्त यो सम्मानले दुई पक्षको सहकार्यमा थप ऊर्जा भरेको छ। यो अवार्डले साझा दृष्टिकोण, पारस्परिक विकास, र उत्कृष्ट सेवा प्रवाहप्रतिको निरन्तर प्रयासले भरिएको आइएमई मोटर्सको दस वर्षे यात्रालाई अझ विशेष र अर्थपूर्ण बनाएको छ।

यो पुरस्कारले ग्राहक सन्तुष्टि, प्राविधिक दक्षता, र अन्तर्राष्ट्रिय स्तरको सेवा मापदण्डमा आइएमई मोटर्सले पुराएको उत्कृष्ट योगदानलाई उच्च सम्मान प्रदान गरेको हो। आइएमई मोटर्सका सर्भिस प्रमुख मित्र कुमार श्रेष्ठले भने, “यो पुरस्कार हाम्रा प्रत्येक टेक्निसियन र सर्भिस टिम सदस्यहरूको निरन्तर समर्पणको प्रतिफल हो। हामी भविष्यमा पनि उत्कृष्ट सेवा प्रदान गर्न निरन्तर प्रतिबद्ध रहनेछौं।”

आइएमई मोटर्सका कार्यकारी निर्देशक निशान ढकालले यो अवार्डको महत्त्व उल्लेख गर्दै भने, “यो पुरस्कारले हामीलाई निरन्तर सुधार र अन्तर्राष्ट्रिय मापदण्डअनुसार सेवा प्रवाह गर्न थप उत्साह दिएको छ।”

अशोक लेल्यान्ड नेपालका सर्भिस म्यानेजर अनुप कुमार स्वाईनले पनि यो पुरस्कारको महत्त्व बताउँदै भने, “अशोक लेल्यान्डसँगको साझेदारीको १० वर्षको सफल यात्रा मनाउँदै गर्दा प्राप्त यो सम्मानले हाम्रो सहकार्यको मजबुती र उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्ने साझा प्रतिबद्धतालाई झल्काएको छ।”

अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्स हरेक वर्ष आयोजना हुने एक अन्तर्राष्ट्रिय सम्मेलन हो, जसमा नवप्रवर्तन, सञ्चालन दक्षता, र समग्र योगदानको आधारमा विश्वभरका साझेदारहरूलाई सम्मान गरिन्छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री