यी हुन् हायू परिवारका बेपत्ता १६ जना (सूचीसहित)
समयपोष्ट
२०८२ साउन १२ गते २०:११
सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर ६ छेत्पा भण्डास विप्पर कट्टेरी बस्ने उर्मिला हायूसहित बेपत्ता १६ जनाको नामावली सार्वजनिक भएको छ ।
गाउँपालिकाले सोमबार बेपत्ता हायू परिवारको नामावली सार्वजनिक गरेको हो ।
बेपत्ता हुनेहरुमा उर्मिला हायू,(घरमुली आमा)कमला हायू(जेठी छोरी),कोमल माया हायू(माइली बुहारी)उषा हायू(छोरी),सुजता हायू(छोरी),अस्मिता हायू(छोरी),राजु हायू(जेठा छोरा)हिमाल हायू(माइला छोरा),लाल बहादुर हायू(साइला छोरा) रहेका छन् ।
त्यस्तै वेग बहादुर हायू(छोरा),लक्ष्मण हायू(छोरा),सुवर्ण हायू(छोरा),ओम कुमारी हायू(छोरी)अर्जुन हायू(नाती)रियासा हायू(नातिनी)शान्ता हायू(छोरी) रहेका छन् ।
प्रतिक्रिया