नेपाल बैंक र लेट मि इन बीच सम्झौता,कर्मचारी र ग्राहकलाई विशेष छुट
नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेड र काठमाडौं, नयाँ बानेश्वरस्थित लेट मि इन प्रा.लि. बीच विशेष सम्झौता भएको छ। मिति २०८२ असार १६ गते सम्पन्न यो सम्झौताले नेपाल बैंकका कर्मचारी र ग्राहकहरूलाई लेट मि इन प्रा.लि. मा प्रदान गरिने एस्थेटिक्स सम्बन्धी सेवाहरूमा विशेष छुट उपलब्ध गराउने छ।
सम्झौता अनुसार, लेट मि इन प्रा.लि. ले कोरियन प्रविधिबाट प्रदान गर्ने विभिन्न एस्थेटिक्स सेवाहरूमा नेपाल बैंकका कर्मचारी र ग्राहकहरूले ८ देखि १५ प्रतिशतसम्म छुट पाउनेछन्। यो सुविधाले बैंकका कर्मचारी र ग्राहकहरूलाई गुणस्तरीय उपचार सेवाहरूमा सहुलियत प्रदान गर्नेछ।
सम्झौतापत्रमा नेपाल बैंक लिमिटेडको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र लेट मि इन प्रा.लि. को तर्फबाट प्रबन्ध निर्देशक डोङ्ग सु माले हस्ताक्षर गर्नुभएको छ। यो सहकार्यले दुवै संस्थाको सामाजिक उत्तरदायित्व र ग्राहक सेवाप्रतिको प्रतिबद्धतालाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया