सोमबार, १६ असार २०८२

घट्यो सुनको मूल्य

समयपोष्ट २०८२ असार ११ गते १०:५०

Advertisement

नेपाली बजारमा सुन र चाँदीको मूल्यमा घटेकाे छ । बुधवार सुन प्रतितोला एक हजार ५०० रुपैयाँ घटेको छ भने चाँदी तोलामा २० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाल सुन प्रतितोला एक लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । पछिल्ला दुई दिन देखि सुनको मूल्यमा निरन्तर घटिरहेको छ ।

बुधवार चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला दुई हजार १४० रुपैयाँमा कारोबार भईरहेको छ ।

Advertisement

मंगलबारको बजारमा चाँदी प्रतितोला दुई हजार १६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री