प्रधानमन्त्री ओलीको स्पेन भ्रमण स्वीकृत, यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय
प्रधानमन्त्री केपी शर्मा ओली यही असार १६ गतेदेखि २१ गतेसम्म स्पेनको औपचारिक भ्रमणमा जाने भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको नेतृत्वमा स्पेन भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको हो।
सरकारी उच्च स्रोतका अनुसार प्रधानमन्त्रीको भ्रमणको उद्देश्य द्विपक्षीय सम्बन्ध सुदृढ गर्नुका साथै आपसी सहयोगका नयाँ आयामहरू पहिल्याउनु रहेको छ। भ्रमणका क्रममा स्पेनका उच्च राजनीतिक नेतृत्वसँग भेटघाट तथा द्विपक्षीय समझदारीपत्रहरूमा हस्ताक्षर हुने कार्यक्रम तय भएको छ।
त्यसैगरी, मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगार न्यायाधिकरणको अध्यक्षमा उच्च अदालत पाटन अन्तर्गत हेटौंडा इजलासकी न्यायाधीश डा. शान्ता सेढाईलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ।
साथै, सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेशबहादुर ठाडा मगरलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गरी पदस्थापन गर्ने निर्णय भएको छ।
प्रतिक्रिया