मंगलबार, १० असार २०८२

टेलिभिजन प्रत्यक्ष प्रसारण जारी रहेकै समयमा इजरायली आक्रमण (भिडियोसहित)

समयपोष्ट २०८२ असार ३ गते ११:३०

Advertisement

इरानमाथि भएको सन्दिग्ध इजरायली हवाई आक्रमणका कारण इरानी सरकारी टेलिभिजनको प्रत्यक्ष प्रसारण आकस्मिक रूपमा अवरुद्ध भएको छ। विस्फोटको समयमा प्रत्यक्ष प्रसारण भइरहेको भिडियोमा समाचार वाचकले समाचार पढ्दै गर्दा पृष्ठभूमिमा ठूलो विस्फोटको आवाज सुनिनुका साथै क्यामेरा हल्लिएको स्पष्ट देखिन्छ। केही क्षणमै स्क्रिनमा प्राविधिक गडबडीको संकेत देखाइएको थियो।

सो भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। यस घटनाले आक्रमणको अप्रत्याशितता र प्रभावको प्रत्यक्ष प्रमाण प्रस्तुत गर्दै इरानको संवेदनशील पूर्वाधार नजिकै आक्रमण भएको संकेत दिएको छ।

यसरी सरकारी सञ्चारमाध्यममा नै प्रभाव देखिनुले इजरायल र इरानबीचको तनाव अब थप गम्भीर मोडतर्फ उन्मुख भएको संकेत गर्छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री