सोमबार, ९ असार २०८२

समयपोष्टका उपसम्पादक अशोक कुमार खनाललाई पितृ शोक

समयपोष्ट २०८२ असार ९ गते ९:०२

Advertisement

समयपोष्ट डट कमका उपसम्पादक अशोक कुमार खनालका बुबा टिकाराम खनालको निधन भएको छ।

९३ वर्षीय टिकारामको आइतबार मालारानी गाउँपालिका–४, अर्घाखाँचीस्थित आफ्नै निवासमा निधन भएको हो। उहाँ विगत छ महिनादेखि अस्वस्थ हुनुहुन्थ्यो।

स्व. टिकारामका दुई छोरा र तीन छोरी छन्। उहाँको निधनमा समयपोष्ट डट कमले गहिरो शोक व्यक्त गरेका छ।

समयपोष्ट डट कमले जारी गरेको शोक वक्तव्यमा भनिएको छ, “हामी स्व. टिकाराम खनालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उपसम्पादक अशोक कुमार खनालसहित शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौँ।”

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री