सरकारले विश्व बैङ्कबाट २० अर्ब ७९ करोड सहुलियतपूर्ण ऋण लिने
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय
सरकारका प्रवक्ता तथा सञ्चार र सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले असार २ गते बसेको मन्त्रिपरिषद् बैठकका १९ वटा निर्णय बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा सार्वजनिक गरेका छन्।
बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणलाई स्वीकृति प्रदान गरेको छ भने केही मन्त्रीहरूको विदेश भ्रमण पनि अनुमोदन गरिएको छ। साथै, केही कर्मचारीहरूको सरुवा गरिएको मन्त्री गुरुङले जानकारी दिए।
यसैगरी, विश्व बैंकबाट प्राप्त हुने करिब २० अर्ब ७९ करोड नेपाली रुपैयाँको सहुलियतपूर्ण ऋण पुल सुधार तथा मर्मत कार्यक्रमको तेस्रो चरणका लागि स्वीकार गर्ने र दक्षिण कोरिया सरकारबाट बर्दियामा सञ्चालित समावेशी ग्रामीण विकास परियोजनाका लागि करिब १ अर्ब ८ करोड ८० लाख नेपाली रुपैयाँको अनुदान स्वीकार गर्ने निर्णय भएको छ।
त्यस्तै, बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी सहसचिव निर्मला अधिकारी भट्टराईलाई सत्य निरूपण तथा मेलमिलाप आयोगको सचिव पदमा कायममुकायम नियुक्त गर्ने निर्णय गरेको छ।
प्रतिक्रिया