शनिबार, १० जेठ २०८२

“राजनीति गर्दा कहिल्यै टाउको निहुराउन परेन, गलत काम भएको दिन राजनीतिमा देखा पर्दिनँ”

समयपोष्ट २०८२ जेठ १० गते १६:५३


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भिजिट भिसामा वैदेशिक रोजगारीमा जाने युवाबाट रकम असुली गरिएको प्रकरणमा गृहमन्त्रालयको संलग्नता भएको भन्ने आरोपपछि मन्त्रालयले त्यसको खण्डन गर्ने तयारी गरेको छ।

Advertisement

गृहमन्त्री रमेश लेखकले शनिबार धनुषामा पार्टी कार्यकर्ताहरूसँगको छलफलमा मन्त्रालय आजै यसबारे स्पष्ट पार्ने विज्ञप्ति निकाल्ने बताएका छन्। “ट्वीटरमा के के लेखिराखेको छ, म केही दिन चुपचाप बसेको थिएँ, सबै बुझ्दै थिएँ,” उनले भने, “धेरै कुरा मैले थाहा पाइसकेको छु। गृह मन्त्रालयले आजै विज्ञप्ति निकाल्छ र केही दिनमा म पनि खुलाएर बोल्नेछु।”

गृहमन्त्री लेखकले आफूले कुनै गलत काम नगरेको र यस विषयले पार्टीको प्रतिष्ठामा आँच आउने स्थिति नरहेको दाबी गरे। “जीवनभर राजनीति गर्दा कहिल्यै टाउको निहुराउनु परेको छैन। म यहाँ आएको दिनदेखि कुनै गलत काम भएको छैन भने त्यस दिनदेखि म राजनीतिमा देखिनँ,” उनले भने।

यसै प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिई छानबिन थालेको छ। अनुसन्धानको दायरालाई अन्य कर्मचारीतर्फ पनि बढाइएको आयोगले जनाएको छ।

शुक्रबार गृहमन्त्रालयले कम्तिमा १४ जना अध्यागमन कर्मचारीलाई जिम्मेवारीबाट हटाएको छ। हटाइएका मध्ये अधिकांश नायब सुब्बा स्तरका छन्।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री