सोमबार, १० कार्तिक २०८२

नागढुंगा–नौबिसे सडकको पिप्लामोड खण्ड पन्ध्र दिन बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

समयपोष्ट २०८२ जेठ १० गते ११:३६

नागढुंगा–नौबिसे सडकखण्डको पिप्लामोड खण्ड आज (शनिबार) देखि १५ दिनका लागि बन्द गरिएको छ। जेठ २५ गतेसम्म दैनिक बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म सवारी आवगमन पूर्ण रूपमा रोकिँदैछ।

नागढुंगा–मुग्लिन सडक पूर्वी खण्डका प्रमुख केशवप्रसाद ओझाका अनुसार पिप्लामोड खण्डमा सडक सुधार तथा कालोपत्रे गर्नुपर्ने भएकाले आवागमन रोकिएको हो। “यसअघि वैशाख २२ देखि ३१ गतेसम्म रातको समयमा सडक बन्द गरेर पुरानो कालोपत्र भत्काइएको थियो,” उहाँले बताउनुभयो, “अब नयाँ कालोपत्र गर्नका लागि सडक बन्द गरिएको हो।”

Advertisement

सडक सुधारको काम समयमा सम्पन्न गर्न आजदेखि काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई खानीखोलामा रोकेर ग्राभेल गरेर वेस तयार पारिने र पानी नपरेमा १५ दिनभित्र १.८ किलोमिटर सडक कालोपत्रे गरिसक्ने योजना रहेको ओझाले जानकारी दिनुभयो।

उक्त अवधिभर सवारी साधनका लागि वैकल्पिक मार्ग प्रयोग गर्न आयोजनाले आग्रह गरेको छ। साना तथा मझौला सवारीका लागि सीतापाइला–रामकोट–धार्के सडक र सामाखुसी–टोखा–छहरे–त्रिशूली (विदुर)–गल्छी सडक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री