शुक्रबार, २ जेठ २०८२

तेह्र अंक घट्यो नेप्से परिसुचक

समयपोष्ट २०८२ वैशाख ३१ गते १५:३८

Advertisement

नेप्से परिसूचक १३.९६ अंक घटेर २६२०.२७ विन्दुमा झरेको छ।

सेन्सेटिभ इण्डेक्स ३.२८ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.०७ अंक र सेन्सेटिभ इण्डेक्स १.०४ अंक घटेको छ।

३१५ स्टकको १ लाख १२ हजार पटकको कारोबारमा ८ अर्ब ७३ करोड ६५ लाख ७० हजार रुपैयाँबराबरको १ करोड ८४ लाख ९६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। अन्य उपसमूहको परिसूचक सर्वाधिक २.४६ प्रतिशत बढेको छ। विकास बैंक उपसमूहकाे परिसूचक १ प्रतिशतभन्दा बढी बढेकाे छ। कारोबारमा आएका होटल तथा पर्यटन, जलविद्युत, लगानी र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

Advertisement

ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य ५२ रुपैयाँ ५० पैसा बढेर ५७८ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको छ। पिपुल्स पावरको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ भने उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ९.९८ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ५९ करोड ३२ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। युनिभर्सल पावर कम्पनीको करिब साढे ५१ करोडको शेयर किनबेच भएको छ भने क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको ५१ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री