सुनको मुल्य बढ्यो
समयपोष्ट
२०८२ वैशाख २१ गते ११:२४
सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको ६ सय रुपैयाँले बढेको हो । आज सुन एक लाख ८४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन एक लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदी एक हजार ९१० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी १ हजार ९३० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया