शनिबार, ३ जेठ २०८२

आन्दोलनरत शिक्षक र सरकारबीच सहमति

समयपोष्ट २०८२ वैशाख १७ गते २०:४९

Advertisement

आन्दोलनरत शिक्षकहरू र सरकारबीच सहमति भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बुधबार भएको वार्तापछि दुबै पक्षबीच सहमति जुटेको हो।

वार्तामा सहमति भए पनि त्यसको विस्तृत बुँदा सार्वजनिक गरिएको छैन। सहमतिको विवरण बुधबार साँझ बस्ने मन्त्रिपरिषद्को बैठकपछि मात्रै सार्वजनिक गरिने जनाइएको छ।

सरकारले मन्त्रिपरिषद् बैठकपछि पत्रकार सम्मेलनमार्फत सहमतिको औपचारिक जानकारी दिने तयारी गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री