सलिको इन्स्योरेन्स र सेती महाकाली ट्रक यातायात व्यवसायी संघ बीच सम्झौता
सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र सेती महाकाली ट्रक यातायात व्यवसायी संघबीच बीमा सेवा सम्बन्धी सम्झौता भएको छ। यो सम्झौताअनुसार सेती महाकाली ट्रक यातायात व्यवसायी संघमा आबद्ध ट्रकहरूको मोटर बीमा सलिको इन्स्योरेन्सले प्रदान गर्नेछ।
सम्झौतापत्रमा सलिको इन्स्योरेन्सको तर्फबाट नायव महाप्रबन्धक कवि राज पौडेल र सेती महाकाली ट्रक यातायात व्यवसायी संघको तर्फबाट अध्यक्ष मोहन सिंह साउदले हस्ताक्षर गर्नुभएको छ। सम्झौतापत्र हस्तान्तरण कार्यक्रममा सलिको इन्स्योरेन्सको तर्फबाट प्रदेश प्रमुख धर्म राज बडु, शाखा प्रमुख हेमन्त लामिछानेसहित अन्य प्रतिनिधिहरू र सेती महाकाली ट्रक यातायात व्यवसायी संघको तर्फबाट पदाधिकारी तथा यातायात व्यवसायीहरूको उपस्थिति रहेको थियो।
यो सम्झौताले सेती महाकाली ट्रक यातायात व्यवसायी संघमा आवद्ध सवारी साधनहरूको व्यापक बीमा सलिको इन्स्योरेन्समार्फत हुने सुनिश्चित गरेको छ। साथै, भविष्यमा कुनै दाबी परेमा बीमा कम्पनीले दाबी भुक्तानी प्रक्रियालाई सरल, सहज र छिटो बनाउने प्रतिबद्धता पनि जनाइएको छ।
प्रतिक्रिया