बुधबार, ७ साउन २०८२

४९.१८ अंक बढ्यो नेप्से परिसुचक

समयपोष्ट २०८१ असोज ९ गते १५:२२

नेप्से परिसूचक ४९.१८ अंक बढेर २५१९.५७ विन्दुमा पुगेको छ।

सेन्सेटिभ इण्डेक्स ७.९१ अंक बढेको छ। फ्लोट इण्डेक्स ३.५८ अंक बढेको छ। सेन्सेटिभ फ्लोट इण्डेक्स ३.२१ अंक बढेको छ।

३२७ स्टकको ६९ हजार ४१८ पटकको कारोबारमा ४ अर्ब ८१ करोड ३२ लाख २३ हजार रुपैयाँ बराबरको १ करोड २४ लाख ९८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ। एक उपसमूहको परिसूचक घटेको छ।

वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.८० प्रतिशत बढेको छ। होटल तथा पर्यटन उपसमूहको परिसूचक साढे ३ प्रतिशत बढेको छ। विकास बैंक र जलविद्युत उपसमूहको परिसूचक साढे २ प्रतिशतभन्दा बढी बढेको छ।
बैंकिङ्ग, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.०१ प्रतिशत घटेको छ।

५ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। विन नेपाल लघुवित्त, न्यादी हाइड्रोपावर, युनिक नेपाल लघुवित्त, सगरमाथा जलविद्युत कम्पनी र थ्रिस्टार हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

माथिल्लो मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य साढे ९ प्रतिशत बढेको छ। हिमालयन हाइड्रोपावरको शेयरमूल्य ६.३६ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १५ करोड ६४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री