रिलायवल नेपाल लाइफ इन्स्योरेन्स आठौँ वर्षमा प्रवेश

रिलायवल नेपाल लाइफ इन्स्योरेन्स जीवन बिमा कारोबार सुरु गरेको ७ वर्ष पुरा गरी आठौँ वर्षमा प्रवेश गरेको छ ।
सातौँ वार्षिकोत्सवको अवसरमा कम्पनीले बिमा जागरण सहितको प्रभातफेरी र अन्य शाखाहरूमा विभिन्न कार्यक्रमहरु गरेको छ ।
जसअनुसार दमक, नारायणगढ, लेखनाथ, बुटवल, नेपालगन्ज शाखाहरूमा रक्तदान, दमौली शाखाको आयोजनामा भोर्लेटारमा स्वाथ्य शिविर, धनकुटामा स्वास्थ्य शिविर, राजविराज शाखामा वृक्षारोपण गरिएको छ । यस्तै अन्य केही शाखाहरूले विद्यालयहरूलाई शैक्षिक सामाग्रीहरू तथा वृद्धाश्रममा खाद्य सामाग्रीहरू वितरण तथा सरसफाइ समेत गरी वार्षिकोत्सव मनाएका छन् ।
यसैबिच कम्पनीले करिब ७० लाख बीमितहरु, कम्पनीको पहुँचलाई दूर दराजसम्म पुर्याउन भूमिका खेल्ने सबैप्रति आभार व्यक्त गरेको छ ।
‘कम्पनीप्रति विश्वास गरी बीमालेख खरिद गर्नु हुने करिव ७० लाख बीमितहरु, कम्पनीको पहुँचलाई दुर दराज सम्म पुययाउन अहं भूमिका खेल्नहुने रिलायबल एडभाइजर नियमनकारी निकायहरु, लगानिकर्ता, अहोरात्र काम प्रति समर्पित कर्मचारी वर्गहरु, पत्रकार, लगायत समस्त सरोकारबालाहरुलाई हार्दिक आभार व्यक्त गर्दछौ ।’ कम्पनीद्धारा जारी प्रेस विज्ञप्तीमा भनिएको छ –‘हालसम्मको उपलब्धीबाट हामीलाई थप कार्य गर्नको लागी उर्जा प्राप्त भएको छ भने भविष्यमा अझ ठुलो जिम्मेबारी वहन गर्नको लागी थप प्रेरणा प्राप्त हुने अपेक्षाका साथ समस्त स्टेकहोल्डरबाट थप सहयोग तथा विश्वास प्राप्त हुने अपेक्षा पनि गरेका छौ । अगाडी दिनमा हामी सेवा उच्च प्राथमिकता राखी, थप ग्राहक मैत्री भई उत्कृष्ठ कारोबार गर्ने प्रतिबद्धता व्यक्त गर्दछौ ।’




























प्रतिक्रिया