बुधबार, ५ कार्तिक २०८२

घरजग्गा कारोबारबाट दुई अर्ब ७५ करोड राजस्व सङ्कलन

जेनजी आन्दोलनबाट दुईदर्जनभन्दा बढी मालपोत कार्यालयमा आगजनी र क्षति

समयपोष्ट २०८२ कार्तिक ५ गते ८:०१

Advertisement

गत असोजमा देशभरका मालपोत कार्यालयले कूल रु दुई अर्ब ७५ करोड ८५ लाख ५७ हजार नौ सय २७ बराबरको राजस्व सङ््कलन गरेका छन् । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण देशभरका दुईदर्जनभन्दा बढी मालपोत कार्यालयमा आगजनी र क्षति पुगेको थियो ।

चाडवाड र आन्दोलनका कारण कार्यालय सञ्चालनमा कठिनाइ भएका कारण राजस्व सङ्कलन सामान्य रहेको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।

विभागका अनुसार गत असोजमा सेवा कर रु २१ करोड ३० लाख ७५ हजार दुई सय ६०, रजिष्ट्रेशन शुल्क रु एक अर्ब ४४ करोड १६ लाख ८७ हजार सात सय ५५ संकलन भएको छ । यस्तै, पुँजीगत लाभकर रु एक अर्ब छ करोड १९ लाख ३५ हजार पाँच सय ३७ सङ्कलन भएको छ ।

विभागका अनुसार मालपोत कार्यालय चाबहिल काठमाडौँले रु २७ करोड ४२ लाख ९६ हजार दुई सय १०, आगलागी र तोडफोडमा परेको कलङ्की मालपोत कार्यालयले रु ४१ लाख ५० हजार तीन सय ७१ बराबरको राजस्व सङ्कलन गरेको छ ।

Advertisement

यसैगरी मालपोत कार्यालय बुटवलले रु पाँच करोड तीन लाख ५६ हजार छ सय ३९, मालपोत कार्यालय दमक झापाले रु दुई करोड ८६ लाख ४१ हजार तीन सय ९०, मालपोत कार्यालय मनमैजु काठमाडौँले रु चार करोड ७७ लाख २३ हजार तीन सय ६१ बराबरको राजस्व सङ्कलन गरेको विभागले जनाएको छ ।

गत असोजमा २३ हजार तीन सय ५३ वटा लिखत पारित भएको छ । यस्तै, दुई हजार चार सय ४२ वटा नामसारी, रोक्का २३ हजार नौ सय १४, फुकुवा १७ हजार नौ सय ३० भएको छ । विभागका अनुसार सो महिनामा कूल ७९ हजार सात सय ३९ वटा घरजग्गासँग जोडिएका कारोबार भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री