आइतबार, २९ असार २०८२

सलिको र डेल्क्रेडा नेपालबिच नेपालमा उधारो बिक्री बिमा प्रवर्धन गर्न समझदारी

समयपोष्ट २०८१ असार ९ गते १८:५६

Advertisement

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र डेल्क्रेडा नेपाल प्राइभेट लिमिटेड (डेल्क्रेडा नेपाल) बिच नेपालमा उधारो बिक्री बिमा (ट्रेड क्रेडिट इन्स्योरेन्स) प्रवर्धन गर्न समझदारी भएको छ।
कठमाडौँ, नेपाल – नेपालमा निर्जीवन बीमा क्षेत्रको प्रतिष्ठित कम्पनि सलिको र उधारो बिक्री व्यवस्थापन (ट्रेड क्रेडिट म्यानेजमेन्ट) तथा उधारो बिक्रि बिमा सम्बन्धि विशेषज्ञता हासिल गरेको कम्पनी डेल्क्रेडा नेपाल बिच समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपाली बजार अनुरुप उधारो बिक्री बिमाको सुभारम्भ तथाविकास गर्ने उद्देश्यले सहकार्य गर्ने समझदारी भएको छ जसबाट ब्यबसायी लगायत सरकारलाई पर्याप्त लाभ हुने कम्पनीले जनाएको छ ।

समझदारी पत्रमा डेल्क्रेडा नेपालका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार पोखरेल र सलिकोका प्रमुख कार्यकारी
अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरेका छन्।

यस सहकार्यको मुख्य लक्ष्य वित्तीय क्षेत्रमा स्थायित्व र पारदर्शिता सुनिश्चित गर्न संयुक्त रुपमा नेपाल बीमा प्राधिकरणलाई नेपालमा उधारो बिक्रि बिमाको लागि नियामक ढाँचा विकास गर्न सहयोग गर्नु रहेको कम्पनीले जनाएको छ ।यस सहकार्यले तालिमका कार्यक्रमहरू आयोजना गरेर उधारो बिक्रि बिमाको फाइदाहरूका बारेमा
व्यवसायहरूलाई सचेत र शिक्षित गर्ने पनि लक्ष्य राखेको छ। साथै डेल्क्रेडा नेपालले सलिको लाई उपयुक्त उधारो बिक्रि बिमा नीति विकास गर्न, प्राबिधिक समाधानहरू प्रदान गर्न र सुचारु सञ्चालनका लागि निरन्तररुपमा आवश्यक सेवाप्रदान गर्न मद्दत गर्ने कम्पनीले जनाएको छ ।

उधारो बिक्री बिमाको सुरुवातले व्यवसाय, सरकार र बीमा उद्योगमा धेरै फाइदाहरू हुने जुन यस प्रकारका छन :
-जोखिम न्यूनीकरणः उधारो बिक्रि बीमाले व्यवसायहरूलाई तिनीहरूका ग्राहकहरूले भुक्तान नगर्ने जोखिमबाट
जोगाउँदछ र तिनीहरूका नगद प्रवाहमा बाधा नपर्ने सुनिश्चित गर्दछ ।
– क्रेडिट व्यवस्थापनः उधारो बिक्रि बीमाबाट, व्यवसायहरूले आफ्ना ग्राहकहरूलाई प्रतिस्पर्धी क्रेडिट सर्तहरू
बढाउन, व्यापार सम्बन्ध सुदृढ गर्न र आफ्नो बजार पहुँच विस्तार गर्न सहयोग पुर्याउदछ ।
– वित्तिय पहुँचः उधारो बिक्रि बीमा गरिएको अवस्थामा बैंक तथा वित्तीय संस्थाहरूले व्यवशायी हरुलाई अनुकुल
शर्तमा सहजै ऋण प्रदान गर्ने देखिन्छ।
– स्थायित्व र वृद्धिः आफ्नो व्यवसायहरूलाई ऋण जोखिमहरूबाट जोगाएर, व्यवसायहरूले अझ बढी
आत्मविश्वासका साथ दीर्घकालीन वृद्धि र स्थिरताको लागि योजना बनाउन सक्दछन्।

Advertisement

सरकारलाई फाइदाहरू यस प्रकारका छन ः
-आर्थिक स्थायित्वः सरकारले उधारो बिक्रि बीमाको प्रयोगलाई बढावा दिएर, भुक्तानी नगरिएको बिजकहरूका
कारण व्यवसाय विफलताको जोखिमलाई कम गर्दछ र अर्थतन्त्रको समग्र स्थिरतालाई बढाउँदछ।
-कर राजस्वमा बृद्धीः उधारो बिक्रि बीमाको थप सुरक्षाको साथ व्यवसायहरू बढ्दै र फस्टाउन थालेपछि, उच्च
व्यापार गतिविधि र कर राजस्वमा समेत वृद्धि हुनेछ ।
– सुदृढ वित्तीय क्षेत्र र लगानी आकर्षणः उधारो बिक्रि बीमा बजारको विकासले नेपालको वित्तीय क्षेत्रको समग्र
बल र लचिलोपनमा योगदान पुर्याउनेछ, थप लगानी आकर्षित गर्न र आर्थिक विकासलाई बढावा दिनेछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री