जिल्ला अदालतको फैसला उच्चले उल्टायो, क्रिकेटर लामिछाने निर्दोष ठहर
समयपोष्ट
२०८१ जेठ २ गते १७:१२
बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको छ ।
न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले काठमाडौँ जिल्ला अदालतको यसअघिको फैसलालाई उल्ट्याउँदै लामिछानेलाई सफाइ दिएको हो ।
गौशाला-२६ ले हालेको मुद्दामा जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो ।
उक्त फैसला उल्टाउन माग गर्दै सन्दीपले उच्चमा पुनरावेदन गरेका थिए । हिजो र आज दिनभरि दुवै पक्षको बहस सुनेपश्चात न्यायाधीशद्वयको इजलासले सन्दीपलाई निर्दोष ठहर गरेको हो ।
प्रतिक्रिया