मंगलबार, ६ साउन २०८२

सनराइजका वचतकर्तालाई ६० भन्दा बढी अस्पतालमा २० प्रतिशतसम्म छुट

समयपोष्ट २०७५ जेठ ९ गते ९:५८

सनराइज बैंकले आफना वचतकर्ताका लागि देशभरका ६० भन्दा बढी अस्पतालमा उपचार गर्दा २० प्रतिशतसम्म छुट दिने गरी स्वास्थ्य योजना ल्याएको छ ।

बैंकले न्युनतम ५ देखि बढीमा २० प्रतिशत दिने भएको छ । तोकिएका अस्पतालमा स्वास्थ्य परीक्षण गराउदा वचत खातामा कायम रहेको वार्षिक औसत मौज्दातको २५ प्रतिशत वा १ लाख रुपैयाँसम्म खर्चको शोधभर्ना दिने बैंकले जनाएको छ ।

यस्तै वचत खातामा रहेको मौज्दातको ४ गुणा वा ५ लाख रुपैयाँसम्म दुर्घटना बीमा हुने छ ।
बैंकले यो सुविधाका लागि १६६००१२२४४४ मा सम्पर्क गर्न भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री