आइतबार, २३ वैशाख २०८१

एमालेले गर्‍यो संसद अवरोध

समयपोष्ट २०८० जेठ १२ गते १२:४७

Advertisement

दुर्गा सुवेदी

नेकपा एमालेले संसद बैठक अवरोध गरेको छ ।

शुक्रबार सभामुखले बैठक सुरू गर्ने बित्तिकै एमालेका सांसदहरू उठेर विरोध जनाएका हुन् ।

एमालेका सांसदहरू उठेर विरोध जनाएपछि एमाले प्रमुख सचेतक पदम गिरीलाई सभामुखले बोल्न समय दिए।

Advertisement

गिरीले पशुपतिनाथमा सुन भनेर पित्तल हालेको निराधार आरोप नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि  लगाएको बताए । उनले सत्तापक्षीय सांसदले लगाएको उक्त आरोप रेकर्ड हटाउनुपर्ने र सांसदले माफी माग्नुपर्ने अडान राखे ।

यसअघि प्रतिनिधि सभामा बोलेका नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले एमालेप्रति लक्षित गर्दै ‘पशुपतिमा सुनको जलहरि राख्ने भनेर पित्तलको जलहरि राखी भ्रष्टाचार गरेको’ आरोप लगाएका थिए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री