‘सरकारी अधिकारी पनि बलात्कार गर्छन्, बलिउडले बलात्कारपछि रोटी त दिन्छ’
चर्चित कोरियोग्राफर सरोज खानले बलिउडमा कास्टिङ काउचबारे सन्सनीपूर्ण बयान दिएकी छिन् ।
उनका अनुसार कास्टिङ काउचको मामिला अहिले नभएर बाबा आदमको जमानादेखि चल्दै आएको छ । यो फिल्म उद्योगमात्र नभएर सरकारले पनि गर्दै आएको छ ।
‘सरकारी अधिकारी पनि बलात्कार गर्छन् । कम से कम फिल्म उद्योगले बलात्कार गरेपछि रोटी त दिन्छ । सरकार जस्तो छाडेर हिँड्दैन,’ उनले भनिन् ।
६९ वर्षीया सरोज खानले बयानमा हर युवतीमाथि कोही न कोही ‘हाथ साफ’ गर्न कोशिस गर्ने बताएकी छिन् ।
उनले भनिन्, ‘सरकारका मान्छेले पनि बलात्कार गर्छन् । तपाईं किन फिल्म उद्योगको पछाडि मात्र लाग्नुभएको छ ? फिल्म उद्योगले कम से कम रोटी त दिन्छ । बलात्कार गरेपछि त्यसै छोडिदिँदैन ।’
उनले अगाडि भनिन्, ‘यो सबै युवतीमाथि भर पर्छ उनी के गर्न चाहन्छिन् । यदी उनी कसैको हातमा आउन चाहँदिनन् भने उनलाई कसैले छुन सक्दैन । यदी तपाईंसँग कला छ भने किन आफूलाई बेच्नु ?’
यता, काँग्रेस नेतृ रेणुका चौधरीले कास्टिङ काउच बलिउडमा मात्र नभएर हरेक क्षेत्रमा हुने बताइन् । ‘यो तितो सत्य हो । संसद या काम गर्ने अन्य क्षेत्रमा यस्तो हुँदैन भनेर न सोच्नुहोस्,’ उनले भनिन्, ‘अब समय आएको छ यसविरुद्ध उभिएर यसलाई निर्मूल पार्ने ।’
प्रतिक्रिया