चर्चित गायिकाले गायकमाथि लगाइन् यौन उत्पीडनको आरोप
पाकिस्तानकी चर्चित गायिका, अभिनेत्री र मोडल मिशा शफीले कलाकार र गायक अली जफरमाथि यौन उत्पीडनको आरोप लगाएकी छिन् । यता अलीले भने सबै आरोपको खण्डन गर्दै यसका लागि अदालत जाने बताएका छन् ।
अली जफर ‘डियर जिन्दगी’ जस्ता विभिन्न बलिउड फिल्ममा काम गरिसकेका छन् ।
बिहिबार मीशाले ट्वीट गरेर अलीमाथि आरोप लगाएकी हुन् । विश्वव्यापी रुपमा महिलामाथि हुने गरेको यौनहिंसाविरुद्ध चलिरहेको #MeToo अभियानअन्तर्गत मीशाले उक्त ट्वीट गरेकी हुन् ।
मीशा लेख्छिन्, ‘आज म यसकारण बोल्दै छु किनभने मेरो विवेकले अब मलाई चुप लागेर बस्न दिँदैन । मजस्तो एक स्थापित कलाकारमाथि यौन हिंसा हुनसक्छ भने यो जसलाई पनि हुनसक्छ । ’
उनी भन्छिन्, ‘ममाथिको यौनहिंसा एकपटकमा मात्र सिमित भएन । अली जफरः मसँगै काम गर्नेले ममाथि यौनहिंसा गरे । म किशोरावस्थामा हुँदा वा यो उद्योगमा भर्खरै छिर्दा ममाथि यस्तो भएको होइन । म सशक्त र दुई सन्तानकी आमा भइसकेपछि ममाथि यस्तो भयो ।’
प्रतिक्रिया