युनियन लाइफको शेयरमूल्य समायोजन
समयपोष्ट
२०७९ माघ १६ गते ८:५७
युनियन लाइफ इन्स्योरेन्सको शेयरमूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन भएको छ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
यस दिन इन्स्योरेन्स्को ८.९७ प्रतिशत बोनस शेयर समायोजन भएको हो। समायोजनपश्चात इन्स्योरेन्सको शेयरमूल्य ४७८ रुपैयाँ ११ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको हो।
अघिल्लो कारोबार दिन इन्स्योरेन्सको शेयर प्रतिकित्ता ५२१ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। मर्जर गर्ने सम्झौता गरेपश्चात हालसम्म इन्स्योरेन्सको शेयर कारोबार रोक्का रहेको छ।
प्रतिक्रिया