बुधबार, ३२ असार २०८२

भारत सरकारको सहयोगमा बन्ने अरुण बहुउद्देश्यीय प्रतिष्ठान भवनको शिलान्यास

समयपोष्ट २०८२ असार ३१ गते २०:१४

Advertisement

भारत सरकारको आर्थिक सहयोगमा भोजपुरको अरुण गाउँपालिकामा निर्माण हुने अरुण बहुउद्देश्यीय प्रतिष्ठान भवनको शिलान्यास आज भव्य समारोहकाबीच सम्पन्न भएको छ।

अरुण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्री र भारतीय राजदूतावास, काठमाडौंका काउन्सलर अविनाश कुमार सिंहले संयुक्त रूपमा शिलान्यास गर्नुभयो। उक्त समारोहमा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, र समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा नेरु. ३.१८८ करोडको लागतमा निर्माण हुने यो भवनमा कक्षा कोठा, शिक्षक कक्ष, बैठक कक्ष, कार्यक्रम हल, छात्रा र छात्रका लागि छुट्टाछुट्टै शौचालय, र अन्य सहयोगी संरचनाहरू समावेश हुनेछन्। यो परियोजना उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अरुण गाउँपालिकामार्फत कार्यान्वयन गरिनेछ।

Advertisement

अरुण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीले नेपालको विकास र समृद्धिका लागि भारत सरकारले प्रदान गरेको निरन्तर सहयोगको प्रशंसा गर्नुभयो। यो भवनले क्षेत्रको शैक्षिक र सांस्कृतिक पूर्वाधारको विस्तारमा महत्त्वपूर्ण योगदान पुर्‍याउने उहाँले बताउनुभयो।

सन् २००३ यता भारत सरकारले नेपालमा ५७० भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू सञ्चालन गरेको छ, जसमध्ये ९३ वटा कोशी प्रदेशमा छन्। साथै, भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी, र शैक्षिक संस्थाहरूलाई १०४९ एम्बुलेन्स र ३०० स्कूल बस उपहार प्रदान गरेको छ, जसमध्ये भोजपुरलाई ७ एम्बुलेन्स र १ स्कूल बस प्राप्त भएको छ।

भारत र नेपालबीचको गहिरो मित्रता र सहकार्यलाई यो परियोजनाले थप मजबुत बनाउने विश्वास गरिएको छ। भारत सरकारले नेपाली जनताको उत्थान र पूर्वाधार विकासमा नेपाल सरकारको प्रयासमा सधैं साथ दिने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री