दोहोरो अंकले घट्यो नेप्से परिसूचक
समयपोष्ट
२०७९ माघ ९ गते १५:५८
नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।
सोमबार नेप्से १३.७१ अङ्कले घटेर २ हजार १६५.१० बिन्दुमा पुगेको छ ।
सोमबार २५७ स्टकको ६५ हजार १९४ पटकको कारोबारमा ३ अर्ब ८६ करोड ४० लाख रुपैयाँ बराबरको १ करोड ७ लाख ५९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
आज आदर्श लघुवित्त वित्तिय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
४ वटा कम्पनीको सेयर मूल्य भने ९ प्रतिशत भन्दा माथिले बढेको छ ।
प्रतिक्रिया