आइतबार, २३ वैशाख २०८१

स्थानीय तहलाई आर्थिक रुपमा मजबुद बनाउन देवकोटाको यस्तो सुझाव

समयपोष्ट २०७४ चैत २८ गते १५:२८

कर प्रशासनलाई राम्रो बनाउन स्थानीय तहको कर संकलनका लागि विशेष एजेण्डाका साथ काम गर्नुपर्ने बताइएको छ ।

Advertisement

विकास पत्रकार मञ्चले आज यहाँ आयोजना गरेको संघीयतामा ‘वित्त व्यवस्थापनः कस्तो हुनुपर्छ’ विषयमा विश्लेषक डा खिमलाल देवकोटाले स्थानीय तहलाई आर्थिक रुपमा मजबुद बनाउन कर असुल गर्न विशेष रुपमा लाग्नुपर्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “दिगो शान्ति, सुशासन र समृद्धि नै देशको लक्ष्य रहेको हुनाले त्यसको लागि पनि स्थानीय तह मजबुत हुनुपर्ने खाँचो देखिन्छ ।”

मञ्चका अध्यक्ष गोपीकृष्ण ढुंगानाले स्थानीय तहले जनताले आशाअनुरुप विकास गर्न नसक्नुका प्रमुख कारण ऐन कानून, कर्मचारी, भौतिक संरचनाको अभाव रहेको औँल्याउनुभयो ।

मञ्चका सचिव चनद्रमणि भट्टराईले प्रदेश र स्थानीय तहको सहकार्य भएमा मात्र नागरिकले आशा गरेअनुरुप विकासले गति लिन सक्ने बताउनुभयो । कार्यक्रममा सहभागीले आगामी दिनमा बजेट ल्याउँदा स्थानीय तहको भौगोलिक बनाबट र जनसंख्या र विकासको गतिको आधारमा हुनुपर्ने बताए । स्थानीय तहलाई आर्थिक रुपमा मजबुद बनाउन देवकोटाको यस्तो सुझाव

Advertisement

कर प्रशासनलाई राम्रो बनाउन स्थानीय तहको कर संकलनका लागि विशेष एजेण्डाका साथ काम गर्नुपर्ने बताइएको छ ।

विकास पत्रकार मञ्चले आज यहाँ आयोजना गरेको संघीयतामा ‘वित्त व्यवस्थापनः कस्तो हुनुपर्छ’ विषयमा विश्लेषक डा खिमलाल देवकोटाले स्थानीय तहलाई आर्थिक रुपमा मजबुद बनाउन कर असुल गर्न विशेष रुपमा लाग्नुपर्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “दिगो शान्ति, सुशासन र समृद्धि नै देशको लक्ष्य रहेको हुनाले त्यसको लागि पनि स्थानीय तह मजबुत हुनुपर्ने खाँचो देखिन्छ ।”

मञ्चका अध्यक्ष गोपीकृष्ण ढुंगानाले स्थानीय तहले जनताले आशाअनुरुप विकास गर्न नसक्नुका प्रमुख कारण ऐन कानून, कर्मचारी, भौतिक संरचनाको अभाव रहेको औँल्याउनुभयो ।

मञ्चका सचिव चनद्रमणि भट्टराईले प्रदेश र स्थानीय तहको सहकार्य भएमा मात्र नागरिकले आशा गरेअनुरुप विकासले गति लिन सक्ने बताउनुभयो । कार्यक्रममा सहभागीले आगामी दिनमा बजेट ल्याउँदा स्थानीय तहको भौगोलिक बनाबट र जनसंख्या र विकासको गतिको आधारमा हुनुपर्ने बताए । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री