राधी विद्युत कम्पनीको हकप्रद बाँडफाँट
समयपोष्ट
२०७९ कार्तिक १८ गते १०:१९
राधी विद्युत कम्पनीले निष्काशन गरेको हकप्रद शेयर बाँडफाँट भएको छ।
हकप्रदमा रितपूर्वक आवेदन दिने ३८ हजार ५ सय ५ जना शेयरधनीलाई ८२ लाख ३५ हजार २ सय ३३ कित्ता शेयर बाँडफाँट गरिएको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ ।
कम्पनीले असोज ५ गतेदेखि असोज २५ गतेसम्म हाल कायम चुक्ता पुँजीकाे १:१.४७५२ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा १०० प्रतिशतले हुन आउने ९५ करोड ३५ लाख ७६ हजार ९९ रुपैयाँ बराबरको ९५ लाख ३५ हजार ७ सय ६० दशमलव ९९ कित्ता कित्ता हकप्रद सेयर निष्कासन गरेकाे थियो।
हकप्रद शेयर बाँडफाँट भएसँगै बिक्रि नभएको १३ लाख ५ सय २७ दशमलव ९९ कित्ता शेयर लिलाममा आउने छ ।
प्रतिक्रिया