नाडा इभि एक्सपो २०२२ का लागि लक्की ड्र कार्यक्रम सम्पन्न
नेपालमा पहिलो पटक नाडाले आयोजना गर्न लागेको नाडा इभि एक्स पो २०२२ को तयारी तिब्र गतिमा अगाडि बढिरहेको छ ।
चार पाँग्रे, तिन पाँग्रे दुई पाँग्रे विद्युतिय सवारी साधनहरुको उल्लेख्य सहभागिता रहने भएको छ ।
त्यसैगरी, उक्त प्रदर्शनीमा अटो कम्पोनेन्ट, टायर, व्याट्री, ग्यारेज इक्युपमेन्टस्, चार्जिङ्ग स्टेशनलगायत बैंक तथा इन्स्योरेन्स कम्पनीहरु समेतगरी कुल ४५ भन्दा बढी कम्पनीहरूको सहभागिता हुने भएको छ ।
भृकुटीमण्डपमा असोज ६ देखि ९ गतेसम्म आयोजना हुने नाडा इभि एक्सपो २०२२ मा सहभागी हुने कम्पनीहरूको लागि लक्की ड्र कार्यक्रम शुक्रबार टेकुस्थित आफ्नै सचिवालयमा सम्पन्न गरेको नाडा अटो एक्सपो समितिका सभापति अनुप बरालले जानकारी दिएका छन् ।
उक्त लक्की ड्र कार्यक्रममा नाडाका अध्यक्ष धु्रव थापा, कोषाध्यक्ष मिलनबाबु मल्ल, तथा केन्द्रीय कार्य समिति सदस्य प्रदिपमान प्रधान समेतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया