सोमबार, २४ वैशाख २०८१

म्याग्दीमा ५८ मेगावाटको तिम्ल्याङ कालीगण्डकी आयोजना बन्ने

समयपोष्ट २०७८ चैत ३० गते ११:०६

Advertisement

तिम्ल्याङ कालीगण्डकी हाइड्रोपावर प्रालीले म्याग्दीमा ५८ मेगावाट क्षमताको तिम्ल्याङ कालीगण्डकी जलविद्युत आयोजना निर्माण गर्ने भएको छ ।

बुधबार विद्युत विकास विभागले सुचना निकालेर प्रस्तावित आयोजना निर्माण तथा संचालन गर्दा उल्लेखनीय प्रतिकुल असर पर्ने भएमा ३५ दिनभित्र लिखित राय सुझाव दिन भनेको छ ।

आयोजना म्याग्दीको अन्नपूर्ण गाउपालिका १, २, ५, ६ र ७ (साविक क्रमश: दोवा,भुरुङ, तातोपानी,शिख, घार र हिस्तान गाविस) र रघुगंगा गाउपालिका १ (साविक बेगखोला गाविस) मा प्रस्ताव गरिएको छ।

यो आयोजना नदी प्रवाहमा आधारित (आरओआर) हो। जसको जडित क्षमता ५८ मेगावाट रहनेछ। यसको डिजाइन वहाव ५४ घनमिटर प्रतिसेकेण्ड र कुल हेड (ग्रस हेड) १३३.१ मीटर रहनेछ।

Advertisement

आयोजनाबाट बार्षिक सरदर ३३५.३७ गिगावाट घण्टा विद्युतीय ऊर्जा उत्पादन हुनेछ। आयोजनाको मुख्य संरचनाहरु कालीगण्डकी खोलाको बायाँ किनारमा पर्दछन्। हेडवर्क्स अन्नपूर्ण गाउपालिका २ र ६ मा पर्छ।

विद्युत उत्पादनका लागि कालीगण्डकी खोलाको पानी प्रयोग हुनेछ। प्रस्तावित हेडवर्क्सभन्दा तल्लो तटीय क्षेत्रमा जीवजन्तु,जलचर तथा बोटविरुवाका लागि वातावरणीय प्रभाव मुल्याङकन प्रतिवेदन अनुसार कालीगण्डकी खोलामा मासिक बहावको १० प्रतिशत खोलामा अविछिन्न रुपमा छोड्नुपर्नेछ।

उत्पादित विद्युतलाइ विद्युत गृहको १३२ केभीको स्वीचयार्डमा जडान हुने ६ वटा सिगंल फेज ११.९५ एमभीए, ५० हर्जको ट्रान्सफर्मरबाट करिव १३ किमी लम्बाइको प्रसारणलाइन मार्फत प्रस्तावित ३३/१३२/२२० केभी दाना सवस्टेशन मार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री