मंगलबार, १८ वैशाख २०८१

इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको भाँडियो मर्जर

समयपोष्ट २०७८ पुष ३० गते १६:२१

Advertisement

नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको मर्जर प्रक्रिया भाँडिएको छ ।

शुक्रबार बसेको हिमालयन बैंकको साधारणसभाको बहुमत सदस्यले मर्जरको विरुद्धमा मत जाहेर गरेपछि दुई बैंक बीचको मर्जर प्रक्रिया भाँडिन पुगेको हो ।

यसअघि यी दुई वाणिज्य बैंकहरबीचको मर्जरका लागि भएको प्रयासमा सम्पती मूल्याङ्कनमा इन्भेष्टमेन्ट बैकको बढी र हिमालयन बैंकको कम मूल्यांकन गरिएको भन्दै विवाद हुँदै आएको थियो । सोही विवादका बीच शुक्रबार बसेको हिमालयन बैंकको साधारणसभाले मर्जर अस्वीकृत गरेको हो ।

आजै बैंकले राष्ट्र बैंकमा डीमर्जरका लागि पत्र पठाएको छ । तर, लामो समयसम्म मर्जरका लागि भएको पहल अन्तिम समयमा आएर भाँडिएसँगै राष्ट्र बैंक दुबै बैंकसँग रुष्ट भएको छ । अन्तिम समयमा आएर मर्जर भाँडिएसँगै राष्ट्र बैंकले दुईवटै बैंकलाई कारबाही गर्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री