भारतबाट नेपाल आयात हुने यि वस्तुहरु अब महंगिने
समयपोष्ट
२०७४ माघ १८ गते १६:१९
नेपालमा भारतबाट आयात हुने केही वस्तुहरु अब महँगो हुने भएको छ । भारत सरकारले आर्थिक वर्ष २०१८-०१९ का लागि सार्वजनिक गरेको बजेट वक्तव्यमार्फत केही कच्चा पदार्थको आयातमा भन्सार बढाउने घोषणा गरेसंगै नेपाल भित्रिने वस्तुहरु महँगो हुने भएको हो ।
भारतले सनग्लास, लाइटर, खेलौना, बस तथा ट्रकको टायर र केही फर्निचरको भन्सार दर बढाएको छ ।यस्तै एलसिडी, एलइडी र ओएलइडी प्यानेल, टेलिभिजनका पार्टपुर्जा तथा मोवाइलको आयात दर १५ प्रतिशत पुर्याइएको छ । स्मार्ट घडी तथा जुत्ता चप्पलको आयात दर २० प्रतिशत पुर्याइएको छ। जुन दोब्बर गरिएको हो।
नेपालमा पनि भारतबाट यी वस्तु आयात हुने गरेका छन्। भारतले यी वस्तुमा कर बढाउँदा त्यसको असर नेपालमा पनि पर्दछ।
प्रतिक्रिया