पोखरामा कोरोना पोजेटिभ महिलाको मृत्यु
समयपोष्ट
२०८२ साउन ५ गते १३:२७
पोखरास्थित चरक मेमोरियल अस्पतालमा उपचाररत एक ७४ वर्षीया महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्काले महिलाको हिजो मृत्यु भएको पुष्टि गरे।
‘कोरोनाबाट मात्रै हो कि अन्य स्वास्थ्य समस्याबाट पनि हो, हामी बुझ्दै छौँ। तर, कोरोना पोजेटिभ देखिएकी ती महिलाको हिजो मृत्यु भएको छ,’ महानिर्देशक खड्काले भने।
उनका अनुसार, मृतक महिलामा असार २५ गते जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो। ती महिलालाई उच्च रक्तचाप र मधुमेहको समस्या पनि रहेको बताइएको छ।
प्रतिक्रिया