मंगलबार, १८ वैशाख २०८१

राज कुन्द्राको कम्पनीबाट बाहिरिन् शिल्पा, घरमै पुगेर ६ घण्टा सोधपुछ

समयपोष्ट २०७८ साउन ९ गते १३:०१

Advertisement

अभिनेत्री शिल्पा सेठ्ठीले पति कुन्द्राको कम्पनी वियान इन्डस्ट्रिजबाट राजीनामा दिएकी छिन् । शिल्पा उक्त कम्पनीमा निर्देशक थिइन् । कुन्द्राको प्रायः व्यापारमा शिल्पा साझेदार थिइन् । शुक्रबार दिउँसो शिल्पाकै घरमा पुगेर क्राइम ब्रान्चले ६ घण्टा सोधपुछ गरेको थियो । राज कुन्द्रा र शिल्पालाई सँगै राखेर प्रहरीले सोधपुछ गरेको थियो ।

मुम्बई प्रहरीको अपराध विभाग हेर्ने टीमले यो प्रकरणमा शिल्पाको संलग्नताको प्रमाण जुटाउन व्यस्त छ । उक्त कम्पनीबाट शिल्पालाई लाभ मिलेको छ वा छैन भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

क्राइम ब्रान्च शिल्पाको बैंक खाताबारे पनि अनुसन्धान गरिरहेको छ । वियान कम्पनीको निर्देशकको रुपमा शिल्पाले कति समय काम गरिन् भन्नेबारे पनि खोजी भैरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री