मन्थली र चन्द्रनिगाहपुरमा प्रभु बैंकका नयाँ शाखा सञ्चालन
समयपोष्ट
२०७३ असोज २० गते ३:०३
प्रभू बैंकले आफ्ना थप दुई शाखा कार्यालयको सुरुवात गरेको छ । बैंकले मंगलबारवाट रामेछापको मन्थली र रौतहटको चन्द्रनिगाहपुरमा नयाँ शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याईएको हो ।
बैंकको मन्थली शाखा कार्यालय रामेछाप जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रकास चन्द्र अधिकारी र चन्द्रनिगाहपुर शाखा कार्यालय रौतहट जिल्लाका प्रमुख जिल्ला अधिकारी नरहरि बरालले उद्घाटन गरेका छन् ।
मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालय मध्ये खाडिचौर र बीरगञ्ज शाखा कार्यालयलाई मन्थली र चन्द्रनिगाहपुरमा स्थानान्तरण गरिएको हो । मर्जरको क्रममा दोहोरिन गएका अन्य शाखा कार्यालय पनि क्रमशः स्थानान्तरण गर्दै जाने बैंकको योजना रहेको छ ।
प्रतिक्रिया