सोमबार, २४ वैशाख २०८१

सेयर बजारमा उछाल, ६४अंकले बढ्यो नेप्से

समयपोष्ट २०७७ मंसिर १० गते १६:३१

Advertisement

आज नेप्से परिसुचक ६४.७० अंकले बढेर १८७४.८१ विन्दुमा पुगेको छ ।

बुधबार १९६ कम्पनीका ५ अर्ब १३ करोडको कारोबार भएको छ। आज कारोबारमा आएका १२ उपसमुहहरुमध्ये ११ वटा उपसमुहको सूचक सकारात्मक देखिएको छ भने एक वटा उपसमुहको सूचक मात्रै नकारात्मक देखिएको छ। यस दिन होटल समुहको सूचक बाहेक सबै सकारात्मक देखिएका छन्।

व्यापार उपसमुहको सूचक सबैभन्दा धेरै ७.९३ प्रतिशतले बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमुहको सूचक ७.३२ प्रतिशत, अन्यको ६.७२ माइक्रोफाइनान्सको ३.८६ प्रतिशत र निर्जीवन बीमाको ३.३१ प्रतिशतले बढेको छ।

यस दिन एनएमबी लघुवित्त र विशाल बजार कम्पनीको शेयरमूल्य सबै भन्दा धेरै १० प्रतिशतले बढेको छ।

Advertisement

यस्तै एटिसी, नेपाल पुनर्बीमा, अजोड इन्स्योरेन्स, शिवम् सिमेन्ट, आँखुखोला हाइड्रोपावर, ङादी ग्रुप पावर, शिवश्री हाइड्रोपावर र मल्टिपर्पस फाइनान्सको शेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ।

लक्ष्मी इक्वीटी फण्डको इकाईमूल्य सबैभन्दा धेरै ३.६८ प्रतिशतले घटेको छ। यस्तै, नेशनल हाइड्रोपावरको शेयरमूल्य २.१७ प्रतिशतले, सिनर्जी पावर युनिर्भसल पावर, एभरेष्ट बैंक लगायतको शेयरमूल्य घटेका छन्।

यस दिन नेको इन्स्योरेन्सको संस्थापक शेयर सबैभन्दा धेरै ४२ करोड २९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यस्तै नेपाल पुनर्बीमा कम्पनीको २९ करोड ४४ लाख, नविल बैंकको २३ करोड १९ लाख रुपैयाँ, एनटिसीको १९ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री