आइतबार, २९ असार २०८२

बैंक अफ काठमाण्डूको शेयर लिलाम खुल्यो

समयपोष्ट २०७७ भदौ ३० गते १२:१५

Advertisement

बैंक अफ काठमाण्डूको शेयर लिलाम आज देखि पुनः खोलिने भएको छ।

बैंकको लिलामी शेयर खरिदका लागि आजदेखि असोज ४ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । बैंकको शेयर बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ।

बैंकले गत भदौ १ गतेदेखि ८ गतेसम्म संस्थापक समूहको ३ लाख १६ हजार १५६ कित्ता शेयर लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्री खुला गरेको थियो। निषेधाज्ञाका कारण सो म्याद थप गरी भदौ १५ गते पुर्याइएको थियो। तर, सो अवधिसम्ममा पनि उपत्यकमा निषेधाज्ञा जारी नै रहने हुनाले सो कार्य स्थगित गरेको थियो।

बोलपत्र असोज ५ गते बिहान १०ः३० बजे खोलिने बैंकले जनाएको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री