मंगलबार, १८ वैशाख २०८१

पुस १६ गतेदेखी प्रिमियर इन्स्योरेन्सको एफपीओ बिक्रीमा

समयपोष्ट २०७४ पुष ६ गते ४:४१

प्रिमियर ईन्स्योरेन्सले यही पुस १६ गतेदेखी साढे ६ लाख कित्ता थप नयाँ साधारण सेयर (एफपीओ) बिक्रीमा ल्याउने भएको छ ।

Advertisement

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा ६९९ रुपैयाँ प्रिमियम थपगरी प्रतिकित्ता ७९९ रुपैयाँका दरले ६ लाख ५९ हजार पाँच सय ६५ कित्ता बिक्री गर्न लागेको हो । इन्स्योरेन्सको एफपीओ निष्काशनकर्ता एनएमबि क्यापिटल रहेको छ ।

इन्स्योरेन्सले संस्थापक र साधारण सेयरको अनुपात ५१ः४९ कायम गर्न उक्त परिमाणको एफपीओ बिक्री गर्न लागेको हो ।

कम्पनीको एफपीओमा पुस १६ गतेदेखि पुस १९ गतेसम्म आवेदन गर्न सकिनेछ । लगानीकर्ताले न्यूनतम दश किता अर्थात ७ हजार ९९० रुपैयाँदेखि अधिकत्म ३ हजार २९० किता अर्थात २६ लाख २८ हजार ७१० रुपैयाँ बराबरको आवेदन दिन पाउनेछन् ।

अहिले चुक्ता पूँजी ४४ करोड ८५ लाख ४ हजार रुपैयाँ रहेको   इन्स्योरेन्सको एफपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ५१ करोड ४४ लाख ६० हजार रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री