बुधबार, २६ वैशाख २०८१

एभरेष्ट इन्स्योरेन्स र प्राईम लाईफले गरे घुम्ति बिमा सेवाको शुभारम्भ

समयपोष्ट २०७६ माघ २६ गते ९:१२

Advertisement

एभरेष्ट इन्स्योरेन्स कम्पनी तथा प्राईम लाईफ इन्स्योरेन्स कम्पनीद्धारा संयुुुक्त रुपमा घुम्ति बिमा सेवा ठाकुरवावा मन्दिर परिसर, ठाकुरद्धारा, बर्दियाबाट एक भव्य कार्यक्रम बिच शुभारम्भ गरिएको छ ।

बिमा समितिद्धारा मिति २०७६ मंसिर २४ गते जारी “शाखारहित घुम्ती बिमा सेवा सम्बन्धी मार्गदर्शन २०७६” मा व्यवस्था भए बमोजिम घरदैलोवाटै बिमा सेवा प्रदान गर्ने उदेश्यले यो घुम्ती बिमा सेवा संचालन गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले बिमालाई आम जनतामा सर्वसुलभ रुपमा उपलव्ध गराउनको लागि बिमा कम्पनी मार्फत घुम्ती बिमा सेवाको अवधारण अगाडी बढाइएको जानकारी दिनु भयो ।

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईले ग्राहको चाहना बमोजिम भविश्यको लागि वचत तथा जीवन सुरक्षका विभिन्न जीवन बिमा योजना प्रस्तुत गरिएको जानकारी दिनुभयो ।

Advertisement

एभरेष्ट इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले कम्पनीले उत्कृष्ट बिमा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै कम्पनीका विभिन्न निर्जीवन बिमा सेवा लिई आफ्नो धन सम्पतिको सुरक्षाको सुनिश्चितता गरि व्यवसाय संचालन गर्न सम्पूर्ण कृषक तथा व्यवसायी महानुभावहरुमा हार्दिक अनुरोध गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री