अजोड इन्स्योरेन्सको साधारण सभा पुसमा गर्ने तय, आईपीओ निष्कासन प्रस्ताव पारित हुँने
समयपोष्ट
२०७६ मंसिर १८ गते १२:०१
अजोड इन्स्योरेन्सले लैनचौर व्याङ्क्वेट, काठमाण्डौमा पुस ११ गते दोस्रो साधारण सभा डाकेको छ ।
मंसिर १७ गते मंगलबार सम्पन्न इन्स्योरेन्सको ६६ औँ बैठकले सो दिन साधारण सभा गर्ने निर्णय गरेको हो।
सभामा कम्पनीको प्रबन्धपत्रको दफा ८ र नियमावलीको नियम २६ मा संशोधन गर्ने तथा अन्य संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने,आईपीओ निष्कासन गर्ने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गर्ने छ ।
गत असार ३० गते सम्पन्न इन्स्योरेन्सको पहिलो साधारण सभाले आईपीओ निष्कासन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय गरेको थियो।
प्रतिक्रिया